ट्रक चालकका लागि बजारमा नयाँ कन्डम



काठमाडौं, २८ कात्तिक — भारतको बजारमा अहिले डिप्पर नाम गरेको नयाँ कन्डम आएको छ । यो कन्डम विशेषगरी ट्रक चालकहरूका लागि बनाइएको हो ।

dipper-condom

यो नाम भारतीय ट्रकहरूका पछाडि देखिने चेतावनीबाट लिइएको हो । ट्रकका पछाडि लेखिएको हुन्छ, ‘राति डिप्पर प्रयोग गर्नुहोला ।’

खासमा डिप्पर भनेको मधुरो प्रकाश हो । राति हरन लगाउनुभन्दा धमिलो बत्ती बाल्नु ठीक हुन्छ भनेर यस्तो चेतावनी दिइएको हुन्छ । चर्को बत्ती बाल्दा अर्को चालकको आँखा तिर्मिराएर दुर्घटना हुन सक्छ ।

कन्डम निर्माताहरूले यो नाम सुरक्षित यौन सम्बन्धको सन्देश दिनका लागि प्रयोग गरेका हुन् ।

भारतमा करीब ६० लाख ट्रक ड्राइभर छन् र तिनीमध्ये तीन लाखलाई एड्स लागेको छ ।

बाटामा जस्ती महिला भेट्यो उसैसँग सुतिदिने भएकाले ट्रक ड्राइभरहरूको स्वास्थ्य संकटमा परेको हो ।

डिप्पर कन्डम सस्तो छ । दुई रुपैयाँमा तीनवटा कन्डम भएको एक प्याकेट भेटिन्छ । बिक्री शुरू भएको पहिलो १५ दिनमा लगभग ४५ हजार कन्डम बिकिसकेका छन् ।

यस कन्डमका बारेमा एक ट्रक ड्राइभरले बताए, ‘मेरो विचारमा त यो कन्डम प्रत्येक पेट्रोल पम्पमा सित्तैमा पाइनुपर्ने हो । यसको आवश्यकता कहिले पर्छ हामीलाई थाहै हुँदैन ।’

बीबीसी हिन्दी

879 total views, 2 views today

प्रतिक्रिया दिनुहाेस्