“सुविसु क्यान ईन्फोटेक २०१७” भृकुटीमण्डपमा सुरु,नेपाललाई इ-नेपाल बनाउने उद्घोष



काठमाडौ । सूचना प्रबिधि क्षेत्रको सबैभन्दा ठुलो मेला “सुविसु क्यान ईन्फोटेक २०१७” बिहिबारबाट भृकुटीमण्डपमा सुरु भएको छ । नेपाल प्रहरी क्लवमा भएको  उदघाटन सत्रमा उपपधानमन्त्री तथा अर्थमन्त्री कृष्ण बहादुर महराले सूचना प्रबिधि क्षेत्रको बिकास सरकार लागि पर्ने बताउदै अव नेपाललाई इ नेपाल बनाउने उद्घोष समेत गरेका छन् ।
प्रबिधि क्षेत्रको सबैधन्दा ठुलो मेलाको मुख्य उदेश्य भनेको नै आम नागरिमकमा सूचना प्रबिधिको जनचेतना फैलाउनु रहेको क्यान महासंघका अध्यक्ष बिनोद ढकालले बताए । त्यसै गरी यो मेलामा बिभिन्न कम्पनीहरुले इन्टरनेट, मोवाइल, ल्यापटप तथा बस्तु तथा सेवाहरुमा बिभिन्न छुट समेत  दिन लागेको क्यान महासंघ महासचिव बिश्वराम बलामीले बताए । उद्घाटन सत्र नेपाल सरकारका मुख्य सचिव सोमनाथ सुवेदी, लगायत सूचना प्रबिधि क्षेत्रका बिभिन्न ब्यक्तिहरु सहयभागि रहेका थिए ।
माघ १८ गतेसम्म काठमाडौं भृकुटीमण्डप स्थित प्रदर्शनी स्थलमा आयोजना हुने क्यान ईन्फोटेकमा सूचना प्रबिधि क्षेत्रका नविनतम बस्तु तथा सेवाहरु राखिने छ । सो मेलामा राष्ट्रिय तथा अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरुको सहभागिता रहने छ । साथै मेला अवधिमा सूचना प्रबिधि सम्मेलन पनि हुनेछ ।

803 total views, 6 views today

प्रतिक्रिया दिनुहाेस्