६० औं राष्ट्रिय सहकारी दिवसकाे अवसरमा दोलखामा विचार गोष्ठि हुने



चरीकोट । जिल्ला सहकारी संघ दोलखाले ६० औ राष्ट्रिय सहकारी दिवस दोलखामा विचार गोष्ठि गर्ने भएको छ । निर्वाचन आचरसंहिताको कारण गएका बर्ष झै सहकारी प्रभातफेरी, ¥याली, झाकी प्रर्दशन र सहकारी सभा लगाएतका कार्यक्रम गर्न नमिलेको कारण यो विचार गोष्ठि राखिएको सहकारी संघका जिल्ला अध्यक्ष हेमन्त चौलाागाईको भनाइ रहेको छ ।

उनले सामाजीक संजाल फेसबुक मार्फत सबैलाई यस्तो जानकारी गराएका हुन ।“दिगो विकास लक्ष्य प्राप्तिको लागि सहकारी” भन्ने मुल नाराका साथ मनाउन लागिएको ६० औँ राष्ट्रिय सहकारी दिवश २०७३ को अवसरमा छलफल, अन्तरक्रिया एंव बिचार गोष्ठिको आयोजना गरिएकाले उपस्थितिको लागि सबै सहकारी संघ÷संस्थाहरुलाई अनुरोध समेत गरेका छन् । कार्यक्रम चैत्र २० गते हाम्रो रेडियोको हालमा विहान साढे सात बजे हुने समेत जनाइएको छ ।

994 total views, 6 views today

प्रतिक्रिया दिनुहाेस्