दोलखाका राष्ट्रिय क्रिकेट टिमकाे प्रशिक्षक राजु बस्नेतलाई दक्षिण कोरियामा सम्मान



दक्षिण कोरिया ४ बैसाख । दक्षिण कोरियामा रहेका दाेलखालिहरुको साझ सँस्था दाेलखालि समाज दक्षिण काेरियाले अप्रिल 16 मा दाेलखा बैतेश्वर गाउँपालिका 5 मा जन्मिनु भई दाेलखालि र सम्पुर्ण नेपालिकाे गाैरबपुर्ण शान बाेकेर काेरियाकाे राष्ट्रिय क्रिकेट टिमकाे प्रशिक्षक भएर अाउनु भएका राजु बस्नेतलाई एक कार्यक्रमका बिच सम्मान तथा शुभकामना दिई कार्यक्रम भब्य रुपमा सम्पन्न गरिएकाे छ । समाजका अध्यक्ष दिपेन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रशिक्षक राजु बस्नेत, समाजका संरक्षक लालकाजि बस्नेत तथा राज थापा,रामचन्द्र पाण्डे,अमृत दहाल अतिथि रहनु भयको थियो । देश कै एउटा सुन्दर तथा प्राकृतिक मनमोहकले भरिपूर्ण दोलखा जिल्लामा जन्मनु भएका राजु बस्नेत सानै उमेर देखि खेल क्षेत्रमा लागेर बिभिन्न खेलमा सहभागी भई १९९७ देखि २०१२ सम्म नेपालको राष्टिय क्रिकेट टीमबाट कुशलता पूर्वक खेल खेल्नु भएको छ । बस्नेत नेपाली राष्टिय महिला क्रिकेट टीमको प्रमुख कोच,(यु १६) राष्टिय टीमको प्रमुख कोच साथै APF (Armed Police Force) को पनि कोच हुनुहुन्थ्यो। देश कै प्रतिनिधित्व गरी नेपाल तथा दोलखाको शान तथा गौरव साथै नेपाललाई चिनाउंदै क्रिकेट खेलको प्रमुख अन्तर्राष्टिय टीमको कोचको रुपमा दक्षिण कोरियाको राष्ट्रिय टीमको प्रमुख कोच भई आउनु भएकोमा उच्चतम कदर गर्दै दोलखाली समाज, दक्षिण कोरियाको तर्फबाट यहांको उन्नति र प्रगतिको कामना सहित सम्मान पत्र प्रदान गरिएको थियो । सोहि कार्यक्रममा उपस्थित दाेलखालि माझ अन्तरक्रिया तथा आगामि कार्ययोजना बारे छलफल गरिएको छ।कार्यसमितिको मनोनयन हुन बाॅकि पदमा पदपुर्ति गरि अमृत दहाल  उपाध्यक्ष र सुमन न्याैपानेलाई सहकाेषाध्यक्षमा चयन गरिएकाे समाजका अध्यक्ष दिपेन्द्र अधिकारीले बताए ।

2,220 total views, 2 views today

प्रतिक्रिया दिनुहाेस्