दक्षिण कोरियामा १० दिनमा ५ नेपालीको ज्यान गयो



दक्षिण कोरिया। दक्षिण कोरियामा यस वर्षको जुन महिना नेपालीका लागि वियोगको महिना सरह भएको छ। झन्डै दस दिनकाे अवधिमा पाँच जनाको ज्यान गएको छ। कोरियामा अात्महत्या गरेर दुई जना, काम गर्दागर्दै दुर्घटनामा परेर दुई जना र पछिल्लोपटक सुतेकाे अवस्थामा एक जना मृत भेटिएका हुन्।

बिहीबार राति सामान्य अवस्थामा सुतेका म्याग्दीका २७ वर्षीय शिवकुमार कार्की कोरियाको किम्फोस्थित प्लास्टिककाे दाना बनाउने कम्पनीको हाेस्टलमा शुक्रबार बिहान मृत अवस्थामा भेटिएका छन्। कार्की मृत अवस्थामा भेटिएको काेरियन प्रहरीका लागि भाषा अनुवाद गर्ने नेपाली उमेश बस्नेतले बताए।

करिब नौ महिनाअघि रोजगार अनुमति प्रणाली ईपीएसमार्फत् कामका लागि यहाँ अाएका कार्की शुक्रबार बिहान मृत भेटिएका हुन्। मृतक कार्की शव अहिले किम्फोस्थित अस्पतालमा राखिएको र प्रहरीले अनुसन्धान जारी राखेकाे बस्नेतले बताए।

बिहानपख अाठ बजे काममा जाने समयमा नउठेपछि साथीहरु कार्की सुत्ने काेठामा पुगेका थिए। भित्रबाट ढोका बन्द गरेर सुतेका मृतक कार्कीलाई बाेलाउँदा नउठेपछि कम्पनीका मालिक र साथी मिलेर ढोका फोरेर भित्र जाँदा उनी मृत भेटिएका हुन्।

उक्त कम्पनीमा अन्य पाँच जना नेपाली कार्यरत छन्। कोरियामा पछिल्लो समय एकपछि अर्को गरी नेपालीको ज्याने क्रम बढेपछि यहाँ कार्यरत नेपाली स्तब्ध भएका छन्। विशेषगरी डिप्रेसन र राति सकुशल सुतेको बिहान मृत भेटिने क्रम बढ्न थालेपछि धेरै संशकित भएका छन्।

मृत भेटिने घटनामा न कोरियाको सरकारी निकायले वास्तविक रिपोर्ट सार्वजनिक गरेकाे छ, न नेपालका मातहतका निकायले चासाे राखेका छन्।

नेपालखवर बाट

426 total views, 2 views today

प्रतिक्रिया दिनुहाेस्