फुटबल खेलको निहुँमा दोलखाको लामाबगरमा एक युबकको मृत्यु



दोलखा,१० कार्तिक । दोलखाको बिगु गाउँपालिका वडा नम्बर १ जगतमा कार्तिक १ गते फुटबल खेलको निहुँमा दुई पक्ष युवाहरु बिच भएको झडपमा गम्भिर घाईते भएकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थानका बर्ष२८ का शरोजध्वज कार्की रहेको जिल्ला प्रहरी कार्यलय दोलखाले बताएको छ । कार्कीको काठमान्डौको ट्रमा सेन्टरमा उपचार भईरहेको थियो । कार्कीको आज शुक्रबार १० दिन पछि उपचारका क्रममा निधन भएको हो । घटनामा संलग्नहरुलाई प्रहरीले कारबाहि प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यलय दोलखाका डिएसपी रामेश्वर कार्कीले बताएका छन् । डिएसपी कार्कीका अनुशार फुटबल खेलमा सपोटिङ हुटिङ नलगाएको भन्दै कार्कीलाई आक्रमण गरेको बताए । कार्कीको हत्या संलग्न दुई युबकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिगु गाउँपालिका वडा नम्बर २ ओराङका २८ बर्षिय बिमल आचार्य र २२ बर्षिय महेश्वर आचार्य रहेको प्रहरीको भनाईरहेको छ । प्रहरीले उनिहरुलाई कारबाहिका लागि आबश्यक अनुशन्धान गरिरहेको बताएको छ ।

2,770 total views, 2 views today

प्रतिक्रिया दिनुहाेस्