लालकुमार केसी भन्छन् ः १ नम्बर क्षेत्रको दासत्व अन्त्यका लागि मेरो उम्मेद्धारी



एमालेले टिकट नदिएपछि नेकपा एमाले छोडेर नेकपा माले पार्टीबाट उम्मेद्धार बनेका लालकुमार केसी यतिबेला राजनितिक बृतमा निकै चिर्चित बनेका छन् । नेपाली कांग्रेसका नेता भिमबहादुर तमाङ पछिको दोलखाको राजनितिमा एक पहिलो सिनियर राजनितिज्ञ रहेको बताउने केसी हालै दोलखाको क्षेत्र नम्बर २को प्रदेश ख बाट नेकपा माले पार्टीको उम्मेद्धार बनेका छन् । लामो समय एमाले पार्टीबाट राजनिति गरेका केसी दोलखाका सिनियर नेता हुन् । पुर्ब जिल्ला बिकास समितिको सभापति र पार्टीका बिभिन्न जिम्मेवारी सम्हालि सकेका केसीलाई पटक पटक एमालेले आश्वासन मात्रै दियो संसदिय राजजितिको कुनै अबशर दिएन । पुर्ब नेकपा एमालेका पुराना राजनितिज्ञ र पुराना कम्युनिष्ठ नेता तथा मालेका उम्मेद्धार केसीसँग आगामी निर्बाचन बारे सेतोगुराँस अनलाईनका सम्पादक गोकर्ण प्रसाद भण्डारीले गरेको संक्षिप्त कुराकानीको केहि अंश ः
किन एमाले छोड्नु भयो ?
एमाले अपराधिकरण र भष्ट्रिकरण हुँदै गयो, अबशरको बाँडफाँडमा कुनै बिधि नहुँदा म एमाले छोड्न बाध्य भएँ । मलाई पटक पटक शिकार बनाईयो । मलाई २०६४ को निर्बाचन देखि २०७० र हाल हुन गईरहेको निर्बाचनमा पनि उम्मेद्धार बन्नबाट बञ्चित गराईयो । त्यसैले पनि मैले एमालेमा बसिरहनु जरुरत ठानिन ।
दोलखामा तपाई सिनियर की पशुपति चौलागाई ?
मैले पार्टी सदस्यता लिएर राजनितिमा उत्रँदा पशुपति जीहरु स्कुले जिबन गुर्जादै हुनुहुन्थ्यो । मैले कम्युनिष्ठ पार्टीको सदस्यता २०२६ सालमा लिएको हुँ । त्यसपछि म लगातार राजनितिमा सक्रिय छु । मैले २०३० साल जेलजिबन बिताएँ । २०३५ सालमा पशुपति जिहरु ८ कक्षामा पढ्नु हुन्थ्यो ,ल तपाई नै भन्नुस दोलखाको राजनितिमा को सिनिययर ?
निर्बाचनमा जाने के के छन् तपाईसँग एजेण्डा ?
म दोलखाको बिकासप्रेमी सेबक हुँ म कसैको चरित्र हत्या गर्ने ब्यक्तित्व होईन । मैले दोलखाको २ नम्बर क्षेत्रका जनताको आग्रह मुताबिक उम्मेद्धारी दिएको हुँ । यो क्षेत्र सँधै १ नम्बर क्षेत्रका पाखण्डी नेताहरुको पाहुनाघर बन्यो न बिकास गरे र जनतासँग परिचय नै । अहिले पनि त्यसै हुन खोज्यो । त्यसैले मैले उम्मेद्धारी दिनु पर्ने बाध्यता बन्यो । म हरेक दोलखाको क्षेत्र नम्बर २ का स्थानियहरुले चिनेको र दुख सुखमा साथ दिएको ब्यक्ति हुँ ,मलाई सोहि क्षेत्रका बासीन्दाले चुनाबमा उम्मेद्धारी दिनु पर्छ भन्ने दबाब दिए म जनताको पक्षमा काम गर्ने ब्यक्ति भएकैले जनताको ईच्छालाई मार्न सकिन ।
तपाईलाई कसले मत दिन्छ ?
सबैकुरा नभनु म अहिले पनि एमाले नै हो । भोली पनि हुन्छु ,मैले बनाएको पार्टी हो एमाले दोलखा । हिजो बामदेब गौतमले पार्टी फुटाउँदा म बामदेबको पछाडी लागेर गएको भए सायद दोलखा यतिबेला कांग्रेसमय बन्थ्यो । एमालेका कसैले न सांसद नै पाउँथे न मन्त्रि नै । मेरो रगत पसिना बगेको पार्टी हो एमाले त्यसैले मलाई २ नम्बरका जनता र एमालेका कार्यक्रताले मत हाल्छन्, पशुपति चौलागाईले भन्दा १ हजार मत बढि ल्याएर निर्बाचन जित्छु । मैले त टिकट नपाएर कम्युनिष्ठ पार्टी मालेबाट उम्मेद्धारी दिएको मात्रै हुँ म एमाले नै हुँ छाडेको छैन पार्टी ।
भनेपछि तपाई किन एमालेको उम्मेद्धारलाई हराउन उम्मेद्धार दिनु भो ?
हाम्रो लडाई बिकाससँग हो ,हाम्रो लडाई दोलखाको समृद्धि कसरी गर्ने भन्नेसँग हो ,। हिजो लालकुमार केसी जिल्ला बिकास समितिको सभापति हुँदा गरेको बिकासकै निरन्तरता र २ नम्बरका जनताको सम्बृद्धिलागि हो । दोलखाको उत्तरीभेगका जनताको न्याय र समानताका लागि मेरो उम्मेद्धारी हो । एमालेले दुई नम्बरको उम्मेद्धार बनाएको भए म बिद्रोह गर्ने थिईन् । म भुगोल बुझेको मानिस हुँ, म राजनितिमा थोकेको छैन । मलाई शृंखलाबद्ध तरिकाले एमालेले पटक पटक छेक्यो । मलाई छेक्दा दुई नम्बरका जनताको बिकास छेकिएको छ । १ नम्बरमा खाने १ नम्बरमा बस्ने १ नम्बर मा नै बिकास लाने अनि मत चाँहि २ नम्बरका जनताले दिनु पर्ने ? दुई नम्बरका जनता सँधै १ नम्बरको दासत्व चाहँदैनन् । यहि अन्त्य र जनताको बिजयका लागि मेरो उम्मेद्धारी पनि हो ।
तपाई निकट एमालेका कार्यक्रर्ता तथा नेतालाई के भन्नुहुन्छ ?
दोलखाको क्षेत्र नम्बर १ का नेताले दुई नम्बरबाट मत लगेर नेता मात्रै बने । आफु बने तर दुईका जनतालाई केहि सिन्को पनि भाँचेनन । मैले म निकट कार्यक्रता र नेतालाई भनेको छु । तपाईहरु एमाले भित्रै लड्नुस् तर मत हाल्ने बेलामा मेरो योगदान सम्झनुस्, मैले हिजो पनि ख्याल ख्यालको राजनिति गरेको छैन । र आज पनि गर्दिन । मलाई घोक्र्राएर निकालियो । मलाई बाहिर पठाईएको छ । म दुब्लो पातलो पार्टीमा भन्ने होईन म सिद्धान्तमा नै अडिक छु त्यसैले तपाईहरु बिचलित नहुनुस् । म जित्ने आधारहरु छन् नयाँ पुस्तालाई समृद्धि चाहिएको छ , त्यसैले सबैलाई सहयोगको अपिल गर्छु ।
तपाईलाई पैसा नभएकै कारण एमालेले टिकट दिएन भन्छन् नी ?
म हेर्दैछु एमालेले जिल्ला कमिटी मनोनित गरिरहेको ,लालकुमारको पछाडी लाग्छन् बिद्रोह हुन्छ भनेर सबैलाई जिल्ला कमिटिमा राखिएको छ । यो सरासर कम्युनिष्ठ सिद्धान्त बिपरित भईरहेको छ । म कम्युनिष्ठ सिद्धान्त आत्मसाथ गरेको मानिस गुण्डागर्दी र पैसाको बलमा राजनिति नगर्ने भएकै कारण आज म माले बाट उम्मेद्धार बन्दैछु । म समाजको तल्लो बर्गको समस्या पनि बुझ्ने उम्मेद्धार भएकाले सबै समस्या मलाई राम्ररी थाहा छ ।
तपाईलाई एमालेका कार्यक्रर्ताले मत हाल्छन् ?
मलाई एमाले र माओबादीका कार्यक्रताले मत हाल्छन् , क्षेत्र नम्बर १ का एमालेका कार्यक्रताले गोलाकार भित्रका हँसीया हतौडामा मत हाल्दा २ नम्बरका एमाले कार्यक्रताले हँसीया र तारामा मलाई मत हाल्नु कुनै नौलो होईन ।
तपाईको पुरानो पार्टीका सांसदले दोलखामा अहिले सम्म के गरे ?
केहि गरेनन् भनिरहेकै छु नि, क्षेत्र नम्बर १ मा केहि भयो होला म जिबिस सभापति भएको बेलाको बिकास रोडम्याप मैले कोरेको हुँ त्यसैको ब्याज खाईरहेको छ दोलखा एमालेले । पानी होस ,खानी होस, कृषि होस ,बन होस काँहि कतै सिन्को भाँचेका छैनन् । मैले एमाले पार्टी बलियो बनाए आफु पछाडी धकेलिएर पनि सार्थीहरुलाई नेतृत्वमा पु¥याँए । त्यसको उपलब्धि तर अहिले मै सिकार बनें । सरकारी पैसा र सरकारी सम्पतिको चरम दुरुपयोग गरे ,अहिले सम्म दोलखाका एमालेका संसदहरुले पार्टी भित्र गुटबन्दि बढाए सोझा कार्यक्रर्ताहरु बिचल्नी बने ईमान्दारिताको राजनितिको अन्त्य भयो यहि गरे ।

5,319 total views, 2 views today

प्रतिक्रिया दिनुहाेस्