एभरेष्ट ट्रायल रेस दोलखाको पर्यटकीय नगरी जिरीबाट सुरु



 जिरी २३ कात्तिक । दोलखाको पर्यटकीय नगरी जिरीबाट ६ दिने एभरेष्ट ट्रायल रेस शुरु भएको छ । दुई जना नेपाली धावक सहित १३ राष्ट्रका ४१ धावक सहभागी भएको ट्रायल रेस दोलखाको जिरीबाट शुरु भई रामेछापको बाम्तिभण्डार हुँदै सोलुखुम्बु जिल्लाको त्याङबुचे पुगेर पुनः सोही बाटो फर्केर लुक्ला पुगेपछि अन्तय हुने छ ।

पछिल्लो समय नेपालमा पर्यटन भित्राउन पर्यटन पुर्वधारहरुको विकास भएसँगै पर्यटकहरुलाई लोभ्याउन विभिन्न खेलहरुलाई समेत समावेश गर्न थालिएको छ । नेपालको पर्यटनलाई टेवा पु¥याउने उदेश्यका साथ गत वर्ष झैँ यो वर्ष पनि दोलखाको जिरीबाट ६ दिने एभरेष्ट ट्रायल रेस शुरु भएको हो । प्रथम द्धितिय र तृतिय हुने महिला र पुरुष धावकहरुले क्रमश ः १ लाख ५० हजार, १ लाख र ५० हजार नगद पुरस्कार पाउने अन्नपूर्ण टेस्क एण्ड एक्सप्रेयसनका डाइरेक्टर आङकामी शेर्पाले जानकारी दिएका छन् ।

६ दिन सम्म सञ्चालन हुने ट्रायल रेसमा नेपालबाटसुमन कुलुङ राई र महिला छेकी शेर्पा रहेका छन् । सुमन कुलुङ राईले हालसम्म १७ वटा भन्दा बढि म्याराथनका अवार्ड हात पारेका छन् भने छेकी शेर्पा कञ्चनजंगको बेसक्याम्पबाट चिनको सिमाना हिल्सासम्म १८ सय किलो मिटर दौडमा उत्कृष्ट १० भित्र पर्न सफल धावक हुन् । त्यस्तै वल्र्ड च्याम्पियन धावक स्पेनका लुईस आल्ब्रेटो पनि सहभागी भएका छन् । स्पेन, म्याक्सीको, कोलोम्बिया, अर्जेन्टिना, स्वाइडिस, आइरल्याड, पोच्युगल लगायतका धावकहरु सहभागी भएका छन् ।

नेपालमा पर्यटन भित्राउनका लागि परम्परागत शैलीले नहुने र नयाँ तरिका अपनाउनु पर्ने पर्यटन विभागका शाखा अधिकृत नारायण प्रसाद भट्टराईको भनाई छ । नेपालमा हुने यस्ता खेलहरुमा विदेशी नागरीकहरु सहभागी हुने र उनीहरुले आप्mनो देशमा नेपालको बारेमा जानकारी गराउने भएका कारण नेपाललाई खेलको माध्यमबाट अन्तराष्ट्रिय स्तरसम्म चिनाउन सकिने ठम्याईछ ।

यस्ता रेस नेपालको भूभागमा अत्यन्त राम्रो हुने भएकाले नै विदेशी धावकहरु खेलमा सहभागी हुने गरेको र ट्रायल रेस सञ्चालनको मुख्य उद्देश्य भनेको नै खेल मार्फत पर्यटन भित्राउनु रहेको डाइरेक्टर आङकामी शेर्पाले बताए छ । प्रत्येक वर्ष दोलखाको जिरीबाट एभरेष्ट ट्रायल रेस सञ्चालन हुँदै आएको छ ।

यस बाहेक अन्य म्याराथन पनि जिरीबाट शुरु हुने गरेको छ । यहाँ नेपाली धावक मात्र नभई विदेशी धावकहरुको बहुलियता रहँदै आएको छ । जसले नेपाललाई अन्तराष्ट्रिय स्तरसम्म चिनाउन मतद पु¥याउने गर्दछ ।

814 total views, 4 views today

प्रतिक्रिया दिनुहाेस्