यस बर्षको बिष्णुलक्ष्मी साहित्य पुरस्कार न्यौपानेलाई, तुलसीमाया रेडियो पुरस्कार बस्नेतलाई



चरिकोट,१ माघ । यस बर्षको बिष्णुलक्ष्मी साहित्य पुरस्कार साहित्यकार तथा पत्रकार भोजराज न्यौपाने प्रदान गरिएको छ भने तुलसीमाया रेडियो साहित्य पुरस्कार लक्ष्मी बस्नेतललाई प्रदान गरिएको छ । पत्रकार चिञ्जिबि मास्केले आफ्नो जन्म दिने आमा र कर्म दिने आमाको नामबाट स्थापना गर्नुभएको यो पुरस्कार बर्षेनि दुई जुनालाई प्रदान गरिदैँ आएको छ । यस बर्ष बिष्णुलक्ष्मी साहित्य पुरस्कार छनोट समितिले साहित्यकार न्यौपानेलाई साहित्यको बिद्यामा कलम चलाएबापत् सम्मान गरेको छ भने बस्नेतलाई हाम्रो रेडियोमा साहित्य कार्यक्रम सञ्चालन गरि साहित्य लेखनलाई प्रात्साह गरे बापत् सम्मान गरेको जनाएको छ । आज पत्रकार मास्केको जन्म दिनको अबशर पारि एक कार्यक्रमका बिच पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा पुर्ब पर्यटनमन्त्रि तथा एमाले नेता आन्नदप्रसाद पोखरेल प्रमुख अतिथि रहेका थिए भने कार्यक्रममा भिमेश्वर नगरपालिका उपमेयर कमला बस्नेत, सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटवाल, कालिन्चोक गाउँपालिका उपप्रमुख कालिका पाठक,दोलखाका पत्रकारहरु, अन्य साहित्य बिद्यामा संलग्न ब्यक्तिहरुको उपस्थिति रहेको थियो । सोहि अबसरमा बटुवा साहित्य पत्रिका समेत बिमोचन गरिएको थियो ।

1,290 total views, 2 views today

प्रतिक्रिया दिनुहाेस्