आबुई !! साँच्चै कस्ता चिसा ती आन्दाजी चार ब्यक्ति



आज बिहान ५ बजे झल्यास्स विउँझिय।  यसो blanket बाट नाक निकालेको त अति चिसो भो ह्या जे पर्ला पर्ला उठदिन सुत्छु भनेर सुतिदिए । 
Blanket ओढे तर खै कहाँ बाट हो, कसरी हो, कसले हो, किन हो चिसो भो यसो यता उती हेरेको आन्दाजि चार जना चिसा चिसा हात, चिसो खुट्टा, चिसो मन, चिसो सपना लिएर मेरो blanket भित्र छिरेका रेछन् । सायद सपना नै आधुरा र चिसा भएर होला मलाई तातो बनाएको blanket ले उनीहरुलाई तताउन सकेको थिएन। यै साल मैले कालिञ्चोक, दामन, चन्द्रागिरी, फूलचोकी, कुरी, खरेपानी, मुढे, सप्रबेसी सब्बै तिरको हिउँ ले धपक्क परेका फोटा हरुलाई मन भारी बनाएर like त ठोकेकै हूँ तर चिसो भाको थिएन। सोचें आखिर किन blanket हुँदा हुँदै पनि चिसो भो त? कतै मैले सपना मा toilet देखेर विपना भिजाको त थिईन? संकै लाग्यो यसो छामे होइन रैछ।
त्यो चिसो त्यै आन्दाजि चार जनाको चिसो थियो; त्यो चिसो नाम मा मात्रै सीमित भएको तिनै आन्दाजि चार जनाको दिवस को चिसो थियो; त्यो चिसो तिनै आन्दाजि चार जनाको नाम मा भएका भाषण रूपी शब्द को थियो; त्यो चिसो देश को दुर्गती देखेर वाक्य बिर्सेका ती आन्दाजि चार को मुख बाट निस्केका केबल हावा मात्र को थियो; त्यो चिसो ती आन्दाजि को सपना माथी परेको तुसारो को थियो, सायद। अाम्ममा!! त्यस्तो तातो र देश को लागी जोस्लाई जलाउन नी हिम्मत राख्ने आज किन चिसा छन्? सोचें मन मनै अनी ती आन्दाजि चार जना को चिसो सहनै नसके पछि बल गरेर आँखा उघारे, अनी भेट्छु सोची यसो blanket यता उती हल्लाएँ,blanket ले खाट माथिको calender फुत्त खसाल्यो calender यसो माथी राख्दा आँखा पर्यो आजको गते मा । आज त माघ १६ पो रहेछ। ३६४ पछि फेरी आएको १ दिन तिनै आन्दाजि चार लाई सम्जने दिन क्यारे…
Just a Imagine….
.( नारायण तिमल्सीना गोरखेली लेख्छन् उनि रामेछापका हुन् हाल काठमान्डौ चाहबिलमा बस्छन् )

1,644 total views, 2 views today

प्रतिक्रिया दिनुहाेस्