स्वीस सरकारले बनाएकोे जिरी प्राविधिक शिक्षालय पुननिमार्ण हुँदै



दोलखा, २९ माघ । २०४० सालमा स्वीस सरकारले स्थापना गरेको जिरी प्राबिधिक शिक्षालयको भौतिक संरचना पुन स्वीस सरकारले नै पुननिमार्णको कार्य थालेको छ ।

भुकम्पपछि ५० वटा भन्दा बढि भबन ध्वस्त भएको जिरी प्राविधिक शिक्षालयको ८ वटा भवन निमार्ण कार्य थालेसँगै निमार्ण कार्य अन्तिम चरणमा पुगेको हो ।  भुकम्पले शिक्षालयको भौतिक संरचना ध्वस्त बनाएसँगै टहरामा पठनपाठन हुँदै आएको शिक्षालय अब छिट्टै स्वीस सरकारले निमार्ण गरिदिएको पक्कि भबनमा सर्ने भएको छ । जिरी प्राबिधिकि शिक्षलयका शिक्षालय प्रमुख बिष्णुहरी अधिकारीका अनुशार पचास वटा भन्दा बढि भवनहरु भत्किए पनि पहिलो चरणमा ८ वटा भवनहरु निर्माण भइरहेको जानकारी दिए । उनले ८ वटा भबनले मात्रै शिक्षालय सञ्चालन गर्न नसकिने बताउँदै थप शिक्षालयको भबन निमार्णका लागि पनि स्वीस सरकारसँग नै शिक्षालय र सरकारले पहल गर्नुपर्ने बताए । अधिकारीले शिक्षालयले चासो देखाएपनि सरकारको माथिल्लो तहबाट कि सरकार आफैले निमार्ण गर्नु प¥यो कि स्वीससँग पहल गर्नु पर्ने आबश्यकता भएको बताए ।
बाह्र करोड लगानीमा आर्दश कन्ट्रक्सनले भवन र अमर कन्ट्रक्सनले बाटोमा ढुङ्गाको डे«स सोलीङ र शिक्षालय भित्र ठुलो क्षेत्रफल भएकाले दुईवटा पक्कि पुलहरु समेत निमार्ण गरिरहेको छ ।  स्वीस सरकारको लगानीमा आधुनिक भबनहरु निमार्णसँगै शिक्षालय भित्र खुसी छाएको छ  ।

भबनहरु बनेसँगै शिक्षालयका बिद्यार्थीहरुका लागि बिभिन्न बिषयका प्रयोगात्मक शैक्षिक प्रणालीमा समेत सहज हुने प्रमुख अधिकारी बताउँछन् । यस शिक्षालयमा प्रत्येक बर्ष २ सय जना बिद्यार्थी भर्ना भएपनि प्रत्येक बर्ष नै २ सय बिद्यार्थी बाहिरिने गरेका छन् । जम्मा यहाँ बिभिन्न कक्षामा गरि ४ सय ३२ जना बिद्यार्थीहरु अध्ययन गरिरहेको प्रमुख अधिकारीको भनाई छ । यहाँ अध्ययनरत ८० प्रतिशत बिद्यार्थीहरु नेपालको रोजगारीक्षेत्रमा संलग्न रहेको शिक्षालय प्रमुख अधिकारीको दाबि छ । नेपालकै पुरानो र रोजगारी प्राप्त हुने शिक्षालयको रुपमा लिएको यस जिरी प्राबिधिक शिक्षालयमा अध्ययन गर्न नेपालभरका बिद्यार्थीहरुको  तिब्र प्रतिष्प्रर्धा हुने गरेको पाईन्छ । स्वीस सरकारले जिरी प्राविधिक शिक्षालयले भवन पुननिर्माणको लागि गुरु योजना समेत बनाएको थियो । गुरु योजनामा १ अर्ब रुपैया लागत राखिएको छ । भुकम्पले भवन पुर्णरुपमा ध्वस्त भएपछि करिब पाँच महिना बन्द जस्तै भएको शिक्षालयमा पठनपाठन समेत रोकिएको थियो ।

सिटिभिटिको आंगिक शिक्षालयलाई यस शिक्षालयमा सिटीभिटिले भौतिक संरचना बनाउन नसक्ने भन्दै बन्द गर्ने योजना बनाएको थाहा पाएपछि स्थानियहरुले अस्थाई भबन निमार्ण गरिदिएर शिक्षालय प्रशासनलाई पठनपाठन सुचारु गर्न दबाब दिएका थिए । साथै होस्टलको अभावमा छात्रछात्राहरुलाई बाहिरनै कोठा लिएर बस्न लगाएको र केहि छात्राहरुलाई टहरामै राखिराखेको शिक्षालय प्रमुख अधिकारीको भनाइ रहेको छ । समयमा नै सरकारीस्तरबाट पुननिर्माणको लागि सहयोग नगरेकोले शिक्षालय बन्द गर्नु पर्ने अबस्था सम्म पुगेको र आफुले सुरुमा शिक्षालय स्थापन गर्ने स्वीस सरकारका प्रतिनिधिहरुलाई भबन निमार्ण गरिदिन आग्रह गरेकाले भबन निमार्ण भईरहेको  प्रमुख अधिकारीले बताए । स्वीस सरकारले पहिलो चरणको ८ वटा भवनमा १२ वटा कोठा निर्माणको लागि सम्झौता गरेपनि अरु भवन निमार्ण गर्नको लागि सम्झौता नभएको बताएका छन् ।

प्रमुख अधिकारी भन्छन्,५० वटै भबन निमार्ण गर्ने बारे हाल सम्म कुनै प्रतिक्रिया आएको छैन,हामी पूर्ण आशमा छौ,स्वीस सरकारले नै बनाउछ भन्नेमा । अधिकारीले स्वीस सरकारले निर्माण नगरीदिए सरकारले चासो दिनुपर्ने बताए । नेपालमा नै ब्यबहारी शिक्षा अध्ययन गराई रोजगारी दिदैँ सिपमुलक कार्यमा युवाहरुको आर्कषण बढ्ने यो शिक्षालयमा सरकारी उदाशिनता हुनुमा बिद्यार्थीहरु बने चिन्तित देखिन्छन् । यहाँ प्राबिधिक एसईसी पास भएपछि १८ महिने कक्षामा एग्रीकल्चर जेटीए ,स्वास्थ्य अनमी ,निमार्णमा सब ओभरसियर त्यसैगरि डिप्लोमा तहमा आईएसी एग्रीकल्चर तिन बर्षे कक्षामा आईएसी एग्रीकल्चर ,आईएसी एनिमल साईन्स, बिशेष छात्रबृत्ति कार्यक्रम एनिमल साईन्स गरेर डिप्लोमा सहित ६ वटा छुछ्टा छुट्टै कक्षाका कार्यक्रमहरु सञ्चालन भईरहेको अधिकारीले बताए ।साथै सोलुखुम्बु जिल्लामा बिगत दुई ब्याजदेखि जिरी बिस्तारित कार्यक्रम अनमी कक्षा समेत सञ्चालन भईरहेको छ ।

2,820 total views, 2 views today

प्रतिक्रिया दिनुहाेस्