दोलखाली कलाकारले निमार्ण गर्न लागेको चलचित्र यो कस्तो प्रेमलिला बन्ने



चरिकोट,५ फागुन ।चलचित्र यो कस्तो प्रेमलिला बन्ने भएको छ। कालिन्चोक गाउँपालिका वडा नम्बर ५ लापिलाङ घर भएका उद्दब थापाले निर्माण गर्न लागेको यो चलचित्र प्रेममय रहेको बताएका छन्। सबै दर्शकको मन जित्न सक्छन् भन्ने विस्वास गरिएको छ। सुरेश राई(किराँती)ले लेखिएको फिल्म भने दर्दनाक लभस्टोरीमा बन्न लागेको छ।( यो कस्तो प्रेमलिला) का निर्देशन भने जनक न्यौपाने रहेका छन् । फिल्म को सुटिङ भने नेपालमा नै विभिन्न ठाउँमा गरिने भएको छ। अहिलेसम्म एउटै स्वदको फिल्म बन्दैगरेको अबस्थामा (यो कस्तो प्रेमलिला)भने छुट्टै टेस्ट दर्शकले पाउने (पथकथा लेखक,संवाददाता)सुरेश रई(किराँती)ले बताएका छन। चलचित्रको ५० प्रतिशत काम समपन्न भएको पनि निर्माता थापाले बताएका छन् । चलचित्र आगामी दशैंको पहिलो सातामा रिलिज हुने उनको भनाई छ ।

2,029 total views, 6 views today

प्रतिक्रिया दिनुहाेस्