दोलखा सामुदायिक हस्पिटल चरिकोटद्धारा ब्लड बैङ्क खोल्न ५० हजार ,पत्रकार महासंघलाई २५ हजार सहयोग



चरिकोट,७ फागुन । दोलखाको सामुयिक हस्पिटल चरिकोटले बिभिन्न निकाएलाई आर्थिक सहयोग गरेको छ । अस्पताल प्रशासनले आज एक कार्यक्रम आयोजना गरि नेपाल पत्रकार महासंघ दोलखा शाखालाई भबन निमार्णका लागि २५ हजार रुपैयाँ चेक हस्तान्तरण गरेको छ । साथै अस्पतालले सोहि अबसरमा नेपाल रेडक्रस सोसाइटी दोलखालाई भुकम्पले बन्द भएको ब्लड बैङ्क सञ्चालन गर्न भन्दै ५० हजार रकम सहयोग गरेको हो । अस्पताल सञ्चालक अमृत बहादुर बुढाथोकीले पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष जिबन लामालाई २५ हजारको चेक हस्तान्तरण गरेका छन् भने नेपाल रेडक्रस सोसाईटी दोलखाका अध्यक्ष गोकर्णप्रसाद पोखरेललाई पनि ५० हजारको चेक हस्तान्तरण गरेका छन् । प्रजातन्त्र दिबसको अबसरमा अस्पतालले रेडक्रस सोसाईटी दोलखालाई दोलखा र आसपास जिल्लाका बिरामीहरुलाई ब्लड बैङ्क मार्फत रगत सहयोग पुगोस भन्ने हेतुले रकम सहयोग गरेको सञ्चालक बुढाथोकीले बताए । महासंघ दोलखालाई पत्रकारिता बिकासमा सहयोग पुग्ने हेतुले सहयोग गरिएको बुढाथोकीको भनाई छ । अस्पतालले हाल हाडजोर्नी तथा नसा रोग बिशेषज्ञ (अर्थाेपेडिक सर्जन) द्धारा बिरामी जाँच तथा हाडजोर्नीहरुको अप्रेशन सेवा साथै हात खुट्टा तथा शरिरका कुनै भागको हड्डीहरु भाचिएको, ढाड तथा कम्मर दुख्ने,घुडा दुख्ने गर्दन दुख्ने,हड्डी खिएर जोर्नीहरु दुख्ने, हात खुट््टा तथा शरिर झमझम गर्ने नसा चापिएको बिरामीहरुको लागि ओपिडि सेवा साथै २४ सै घण्टा आकस्मिक सेवा र एमडिजिपी बिशेषज्ञ, डाक्टर अमोघ बस्न्यात द्धारा हाईड्रोसील,हर्निया, एपेन्डीक्स, पायल्स, प्रसुति सहित अपे्रशन सेवा लगायत आकस्मिक सेवा सञ्चालन गरिरहेको बताईएको छ ।

1,619 total views, 2 views today

प्रतिक्रिया दिनुहाेस्