दोलखामा प्रदेश स्तरिय अहिले सम्मकै ठुलो धनरासीको भलिबल प्रतियोगिता हुँदै



चरिकोट,१३ फागुन । स्वर्गिय पुर्ब प्रधानमन्त्रि गिरिजाप्रसाद कोईरालाको सम्झनामा प्रदेश नम्बर ३ मा अहिले सम्मकै ठुलो धनरासी पुरस्कार भएको भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको छ ।
दोलखाका बिगु गाउँपालिका वडा नम्बर ४ स्थित सिङटीमा आयोजना हुने प्रतियोगिताको सयपत्रि युवा कल्वले आयोजना गर्ने भएको हो । २ लाख ५० हजार प्रथम पुरस्कार रासी रहेको प्रतियोगितामा द्धितिय पुरस्कार एक लाख तृतिय पुरस्कार ५० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र रहेको सयपत्रि युवा कल्बका अध्यक्ष बीरेन्द्र कटुवालले जानकारी दिए । आगामी फागुन २४ देखि सञ्चालन हुने प्रतियोगिता २७ गते सम्म रहने अध्यक्ष कटुवालको भनाई छ । आयोजकले उत्कृष्ठ खेलाडी,बेस्ट स्पाईकर,बेस्ट सटर, बेस्ट ब्लकर,बेस्ट सर्भर,बेस्ट डिफेन्स,अनुशाशित टिम, उदयमान खेलाडी समेतलाई नगद सहित सम्मान गर्ने आयोजकले बताएको छ ।
३ नम्बर प्रदेश स्तरिय गिरीजाप्रसाद कोईराला स्मृतिकप पुरुष भलिबल प्रतियोगितालाई जिपी फाउण्डेसन काठमान्डौले पनि सहयोग गर्ने आयोजकले बताएको छ ।
भलिबल प्रतियोगिता अन्तर्राष्ट्रिय एफआईभिबी नियम अनुशार खेलाईने पनि आयोजकले बताएको छ । प्रतियोगितामा सह आयोजकको रुपमा बिगु गाउँपालिका रहेको पनि पत्रकार सम्मेलनमा आयोजक सयपत्रि युवा कल्बले बताएको छ ।

663 total views, 4 views today

प्रतिक्रिया दिनुहाेस्