किन आउँदैछन् नेर्बेका बिकास मन्त्रि दोलखा ?



चरिकोट, १६फागुन । नर्वेका विकास मन्त्री निकोलाई अस्ट्रुप पहिलो विदेश भ्रमणका क्रममा दोलखा आउने भएका छन् ।

नेपालको बिकास निमार्णको अबस्था र भुकम्पपछिको पुन निमार्ण बारे अध्ययन अबलोकल र नर्बेजियन सरकारले सहयोग गरि राजदुताबास मार्फत बनेको बिद्यालय हस्तान्तरण तथा उद्घाटनका लागि नेपाललाई पहिलो प्राथमिकतामा राखेर दोलखामा आउन लागेका हुन् ।

विकास मन्त्रीमा निर्वाचित भएको दुई महिनापछि अन्तराष्ट्रिय भ्रमण तय गर्दै नर्वेका विकासमन्त्री अस्ट्रुप दोलखाको विगु गाउँपालिका आउने कार्यक्रम तय भएको हो । दुई महिना अघि मात्रै विकास मन्त्रीमा निर्वाचित मन्त्री अस्टु«पको पहिलो सरकारी तहको अन्तराष्ट्रिय भ्रमणको रोजाईमा नेपाल परेको छ । जसअनुसार उहाँ यही फागुन २२ गते बिहान काठमाडौँ आईपुग्ने कार्यक्रम छ । त्यसलगत्तै फागुन २३ गते दिउँसो मन्त्री अस्ट्रुप  हेलिकप्टर मार्फत दोलखाको विगु गाउँपालिका चिलंखा पुग्नुहुनेछ । मन्त्री अस्ट्रुपले विगुको चिलंखास्थित लोटिङ पुगेर नर्वेजियन दुतावासको सहयोगमा चिलंखामा निर्मित देवीटार आधारभुत विद्यालयको उद्धघाटन गर्ने कार्यक्रम छ । नर्वेजियन दुतावासका अधिकारीहरुले सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलनको आयोजना गरि मन्त्री अस्ट्रुपको भ्रमणका बारेमा जानकारी गराएका हुन् ।

 

फागुन २३ गते विगु गाउँपालिका पुगेर मन्त्री अस्ट्रुपले विद्यालय भवन उद्धघाटन गर्नुका साथै विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक र विद्यार्थीहरुसँग समेत अन्तरक्रिया गर्नुहुनेछ । नेपालस्थित नर्वेजियन दुतावसका वरिष्ठ सल्लाहकार कमला विष्टका अनुसार मन्त्री अस्ट्रुपले विगु र कालिञ्चोक गाउँपालिकाका जनप्रतिनिधिहरुसँग संघीयता र विकासको मोडलका बारेमा छलफल पनि गर्नुहुनेछ । मन्त्री अस्ट्रुप सोही दिन दोलखाबाट काठमाडौँ फर्कि स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

नर्वेजियन दुतावासको आर्थिक सहयोगमा सिविन नेपाल र ग्रामिण विकास टुकी सँघले विगु र कालिञ्चोक गाउँपालिकाका भुकम्पबाट क्षतिग्रस्त विभिन्न २३ वटा विद्यालय पुननिर्माणको काम गरिरहेको छ । विद्यालय पुनर्निर्माणमा कारिव ३० करोड खर्च हुने अनुमान छ ।

930 total views, 4 views today

प्रतिक्रिया दिनुहाेस्