नेपालको शैक्षिक बिकासमा साझेदार बनेर अगाडी बढ्छौं : बिकास मन्त्रि नर्बे



चरिकोट,२३ फागुन । नेर्बेका अन्र्तराष्ट्रिय बिकास मन्त्रि निकोलाई अष्ट्ररुपले नेपालको शैक्षिक बिकासमा साझेदारी गरेर अगाडी बढ्ने बताएका छन् । मन्त्री निकोलाई अस्ट्ररुपले नर्वे सरकारले नेपाललाई गर्दै आएको सहयोगलाई निरन्तरता दिने पनि बताएका छन् ।

आज दोलखा आएका विकास मन्त्री अस्ट्रुपले नर्वेजियन सरकारको सहयोगमा विगु गाउँपालिकामा निर्मित विद्यालयको उद्धघाटन गर्दै भने नेपालको शैक्षिक क्षेत्रको बिकास बालबालिकाको सर्बङ्गीण बिकासका लागि नर्बे सरकार जस्तोसुकै अबस्थामा पनि सहयोग गर्न तयार रहेको बताए । । विकास मन्त्री अष्ट्रुपले जिल्लाको विगु गाउँपालिकास्थित चिलंखाको लोटिङ पुगेर नर्वेजियन दुतावासको सहयोगमा निर्मित देवीटार आधारभुत विद्यालयको उद्धघाटन गरेका थिए । नर्वे सरकारले गरिरहेको सहयोगको प्रभावकारिता बारे चासो राख्दै उहाँले नेपाललाई गर्दै आएको सहयोग निरन्तर रहने बताएका हुन् । मन्त्री अस्ट्रुपले विद्यालयको उद्धघाटनका गर्नुका साथै विद्यालयका शिक्षक, विद्यार्र्थी र विद्यालय व्यवस्थापन समितिसँग पनि छलफल गर्नुभएको छ । सिविन नेपाल र ग्रामिण विकास टुकी सँघले नर्वेजियन दुतावासको आर्थिक सहयोगमा जिल्लाको विगु र कालिञ्चोक गाउँपालिकाका भुकम्पबाट क्षतिग्रस्त विभिन्न २२ वटा विद्यालय पुननिर्माणको काम गरिरहेको छ । जसमध्य १२ वटा विद्यालयको पुनःनिर्माण सम्पन्न भएको र १० वटाको निर्माण भईरहेको सिविन नेपालका कार्यक्रम ब्यबस्थापक रबिन्द्र पराजुलीले जानकारी दिए ।
विकासमन्त्री अस्ट्रुपले विगु र कालिञ्चोक गाउँपालिकाका जनप्रतिनिधिहरुसँग पनि छलफल गरेका छन् । छलफलका क्रममा उनले नेपालको संविधानमा भएको संघियता,सुसाशन र विकासको मोडल तथा नर्वेजियन सरकारले गरेको सहयोगको प्रभावकारिताको विषयमा चासो राखेको विगु गाउँपालिकाका अध्यक्ष युधिष्टिर खड्काले बताए ।
विद्यालय उद्धघाटनका लागि विगु पुग्नुभएका मन्त्री अस्ट्रुपलाई दोलखाका प्रदेशसभा सांसद पशुपति चौँलागाई,बिगु गाउँपालिका प्रमुख युधिष्टिर खड्का अन्य सरकारी प्रतिनिधि लगायतले स्वागत गरेका थिए । कार्यक्रममा एमाले नेता तथा सांसद पशुपति चौलागाईले दोलखा र नेपाललाई नर्बे सरकाले गरेको सहयोगको निरन्तरता दिन आग्रह गर्दै हालसम्म गरेको सहयोगको प्रसंसा ब्यक्त गरेका थिए ।
विकासमन्त्री अस्ट्रुप मन्त्रीमा निर्वाचित भएको दुई महिनापछि अन्तराष्ट्रिय भ्रमण तय गर्दै दक्षिण एसीयालि राष्ट्रहरुको पहिलो विदेश भ्रमणका क्रममा दोलखा आएका नर्बेजियन दुताबासले बताएको छ । दोलखामा २२ वटा भबनका लागि नर्बे सरकारले तिस करोड खर्च गरिरहेको बताईएको छ ।

हेरौं बिद्यालय उद्घाटनका तेह्र तस्बिरहरु

945 total views, 2 views today

प्रतिक्रिया दिनुहाेस्