दोलखामा रहेको हाम्रो रेडियो ११ औं बर्ष प्रबेश, बार्षिक उत्सब मनायो



चरिकोट,२ चैत्र । दोलखामा रहेको हाम्रो रेडियो १०३ थोप्लो ४ मेगाहर्ज आज दशौं बर्ष पारगरि ११ औं बर्षमा प्रबेश गरेको छ । रेडियोले आफ्नो स्थापना दिबसको अबसरमा आज रेडियोको हलमा एक कार्यक्रम आयोजना गरि बार्षिक उत्सब मनाएको हो । बार्षिक उत्सबलाई नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले सम्बोधन गरेका थिए । आचार्यले पत्रकारितालाई मर्यादित बनाउनु पर्ने बताउँदै मोफसलका मिडिया मजबुत बनाउन सरकारले भुमिका खेल्नु पर्ने बताए । आचार्यले भने अब पत्रकारितामा काम गर्ने ब्यक्ति मात्रै पत्रकार महासंघका सदस्य  बन्न योग्य हुने भएकाले सदस्यता सुद्धिकरण गर्नु पर्ने र महासंघ केन्द्रले चाँडै सदस्यता सुद्धिकरणको कार्यक्रम सञ्चालन गर्ने बताए ।
कार्यक्रममा नेपाल प्रेश काउन्सिलका सदस्य खिलाबहादुर भण्डारीले समाज परिबर्तनमा रेडियोले खेलेका भुमिका बारे चर्चा गरेका थिए । त्यसैगरि कार्यक्रममा दोलखाका सांसदहरु डिएन शेर्पा र सरस्वति बस्नेतले तस्लो स्तरका जनताको दैनिकी परिबर्तन देखि बिभिन्न सामाजिक आन्दोलनमा रेडियोले खेलेको भुमिकाको प्रसंसा गरेका थिए । कार्यक्रममा डिएसपी रामेश्वर कार्की, पत्रकार महासंघका पुर्ब केन्द्रिय सदस्य चिरञ्जिबि मास्के, नेपाल प्रेश युनियन बाग्मति क्षेत्रका बिशेष संयोजक रमेश खतिवडा,नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष जिबन लामा, उद्योग बाणिज्य संघ दोलखाका अध्यक्ष सुन्दर कार्की,राष्ट्रिय पुन निमार्ण प्राधिकरण जिल्ला समन्वय समितिका प्रमुख सागर आचार्य,कांग्रेस नेता बर्मा लामा,एमाले नेता कुमार लगुन, जिरी नगरपालिकाका मेयर टंक जिरेल,बैतेश्वर गाउपलिकाका गाउँपालिका प्रमुख छबि लामा, बिगु गाउँपालिका प्रमुख युधिष्टिर खड्का, जिल्ला न्यायधिस कमलराज बिष्ट लगायतले आफ्नो धारणा राखेका थिए ।
बिभिन्न ब्यक्तिहरुलाई पुरस्कार
हाम्रो रेडियोले स्थापना गरेको बिभिन्न पुरस्कारबाट चार जना ब्यक्तिहरुलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेहरुमा सहिद धर्म बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट प्रेश काउन्सीलका बोर्ड सदस्य तथा पत्रकार खिला बहादुर भण्डारी,भेषकुमारी खड्का स्मृति पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकका दोलखाका समाचारदाता राजेन्द्र मानन्धर,हाम्रो रेडियो ललिता देबि स्मृति पत्रकारिता पुरस्कारबाट हाम्रो रेडियोमा कार्यरत दुईजना सञ्चारकर्मीहरु सिर्जना गोले र दुर्गा बस्नेतलाई पुरस्कृत गरेको छ । साथै रेडियोको बार्षिक उत्सबमा दोलखाका किबि खेति गर्ने किसान श्याम खड्कालाई पनि पुरस्कृत गरेको जनाएको छ । चार जना पत्रकार नगदसहित पुरस्कृत भएका छन् । कार्यक्रम रेडियोको संचालक समितिका सचिब एबं सामुदायिक रेडियोहरुको छाता संगठन अकोराब केन्द्रिय कोषाध्यक्ष लक्ष्मण खड्काको अध्यक्षतामा भएको थियो । खड्काले रेडियोलाई स्थापना काल देखि हाल सम्म सहयोग गर्ने र बिज्ञापन दाता तथा अन्य सुभेक्षा राख्ने सम्पुर्णलाई आभार प्रकट गरेका थिए भने आगामी दिनहरुमा पनि सहयोग गर्न अपिल गरेका थिए ।

 

1,216 total views, 3 views today

प्रतिक्रिया दिनुहाेस्