राहतकै कारण एकै स्थानमा १० जनाले ज्यान गुमाउनु प¥यो



पहिरोमा पुरिएर १० जना मरेकाको साँक्षि बनेका र सकुशल अबस्थामा पहिरोमा बाँचेका किरण खड्का

चिलंखा,१२ बैसाख । दोलखाको बिगु गाउँपालिका वडा नम्बर ५ भ¥याङ टोलका ३५ भन्दा बढि स्थानियबासीहरु बैसाख १२ गतेको भुकम्पले पु¥याएको क्षतिपछि राहत लिन भनेर बैसाख २९ गते सबै गाउँले सिङटी बजार गएका थिए ।
बैसाख १२ गतेको भुकम्पले दोलखामा धेरै मानबिय क्षति त पु¥याएको थिएन तर आफ्नो भएको अन्नपात लगायत लत्ताकपडाहरु नष्ट भएपछि राहतको आसमा सिङटी झरे उनिहरु । राहत पनि लिए १० किलो चामल सहित अन्य केहि सामाग्रीहरु । राहत लिएर सिङटी बजारबाट आफ्नो बासस्थान भ¥याङ फर्कीए । सिङटीबजार नजिकै भिरको बाटो ट्रक चढेर जाँदै थिए, अकस्मात् करिब साँडे १२ बजे खोलिखुम्बा भन्ने तिर घर भ¥याङ नपुग्दै सुख्खा पहिरो झरेर सबैलाई पुरिदियो । पुरेका मध्ये १० जनाको घटनास्थलमा नै मृत्यु भयो । माथि भिरबाट झरेको सुख्खा पहिरोले राहत लिएर आएकाहरु राहत बोकेर फर्कनु त परै जावस बाँचेकाहरु सबै जसो गम्भिर घाईते भए । स्थानियहरुको अनुशार एक जना किरण खड्का बाहेक सबै जसो बेहोस अबस्थामा थिए । किरण भन्छन्, १० जना सँगै हिडेका गाउँका दाजुभाई दिदीबहिनी मरे म तिनै मरेका लासको साक्षि भएँ । बचाउ बचाउ भन्दै गरेर कराउनेका लागि पनि केहि गर्न सकिन मेरो शरिरले काम नै गर्न सकेको थिएन । किरण भन्छन् आफु ट्रकको छेउमानै भएकाले होला पहिरोमा उछिट्टीएर बाँचे । घाईतेको कतिपयको चरिकोटका अस्पतालमा भने कतिपयको काठमान्डौका अस्पतालहरुमा उपचार भयो ।
राहत लिन गएकाको परिवार भने भरे घरमा राहत लिएर आउछन्, भनेर कुरीरहे तर राहत हैन उनिहरुको आफन्त कतिको मृत्युको खबर पाए कतिका आफन्तले पहिरो भित्र शब खोज्न सुरक्षा निकाएलाई अनुरोध गर्नुपर्ने अबस्थाा सिर्जना भयो । सुरक्षाकर्मी र स्थानियको सहयोगमा पहिरोमा पुरिएकाहरुको शब पनि खोजियो र घाईतेहरुको पनि उपचार त भयो ।
भुकम्प गएको तिन बर्ष बितिसक्दा यहि पहिरोमा पुरिएर बाँचेकाहरु यतिबेला के गरिरहनु भएको छ भनेर सोध्दा केहि घाईतेहरु भन्छन्, हाम्रो १० किलो चामलले १० जना गाउँले मर्नु प¥यो गरिबलाई दैब लागेपछि यस्तै हो । पहिरोमा गम्भिर घाईते भएका ३४ बर्षिय कुमार लामिछाने भन्छन्, हातको औला छैन,शरिर भरि टाँका लगाएको छ,टाउँकाको चोटले गर्दा अहिले सम्म घरगाउँमा गरेर खान सक्दिन जिबन यापन गर्नै गा¥हो भएको छ घाईतेहरुलाई न सरकारले हे¥यो न राम्रो उपचार नै । उनि जस्तै अर्का आफ्नो छोरासँगै राहत लिन गएका थिए ४१ बर्षिय अर्जुन भुजेल । अर्जुन भुजेल भन्छन् ,मैले १२ बर्षको मेरो छोरा सुरजलाई मसँग नजा घरमानै बस भन्दा मानेन, बुवालाई सघाँउछु भनेर सँगै गयौं, राहत लिएर ट्रकको पछाडी बसेर फर्कँदै थियौं पहिरो आयो गाडी गुडिरहेको थियो फालहाल्ने कुरो भएन पहिरोमा परिएच बेहोस भएछु गम्भिर घाईते भएकाले मलाई टिचिङ हस्पिटल पु¥याईएको रहेछ दुई दिन पछि होस खुल्यो छोराको बारे बुझ्दा छोराको मृत्यु भईसकेको रहेछ । भुजेल रुँदै भन्छन्, १० किलो चामल राहत लिन जाँदा मेरो छोरो कहिल्यै नफर्कने भएछ ।
यस बिगु गाउँपालिका वडा नम्बर ९ मा मात्रै १७ जनाले ज्यान गुमाउनु प¥यो । सोहि पहिरोमा श्रीमति गुमाएका कृष्णबहादुर खड्का शरिर भरिको चोट देखाउँदै भन्छन्, राहतले श्रीमति लग्यो म आफै बिरामी छु,साना छोराछोरी छन् सरकारले धेरथोर त राहत दिएको थियो तर त्यो राहत पनि सकियो अब मैले मेरा छोराछोरीको पालनपोषण कसरी गर्ने ? सानी छोरी अहिले ४ बर्षकी भई आमाले घरमा छोडेर चामल राहत लिन गएकी थिईन्, आमा चामल लिएर आउने आसमा छोराछोरी र म कुरीरहिउ तर चामल र श्रीमति हैन लास खोज्न पहिरोमा जानु प¥यो । खड्का भन्छन्, परिवार पाल्न भारि बोक्न भारतको गान्तुक जाने गरेको थिएँ अहिले छोराछोरी साना छन् आफै अशक्त भएँ अब मेरो परिवार बिचल्नीमा पर्ने भयो, छोराछोरीलाई राम्रो शिक्षादिक्षा दिने रहर पनि छ ,तर हैसियत छैन । खड्का भाबुक हुँदै भन्छन्, श्रीमति र त्यो दिनको कुरा नसम्झाउनुस मुटु फुटेर मेरेको दिन हो ,छोरा छोरी राम्रो पढाई दिने संस्था र ब्यक्ति भए उनिहरुको भबिष्य ग्यारेन्टी हुन्छ भने म आफुबाट छुटेर भएपनि पठाउँथे कसैले हेरन हाम्रो पिडामा ।
सोहि पहिरोमा परेर गम्भिर घाईते अर्का स्थानिय राजकुमार खड्का पनि शरिर भरिका चोट देखाएर भन्छन्,ढाड भाँचिएको छ टाउकोमा चोट छ पहिला पहिला भारतमा काम गर्न जाँन्थे तिन महिना हस्पिटलमा बसेर आएपछि सबै सपना अधुरा भए केहि गर्ने आँट छैन संघ संस्थाहरु आउँछन् नाम टिप्छन् लैजान्छन् हामी जस्तालाई केहि गरिदिउँ भन्ने कोहि छैन ,। राजकुमारको भनाई अनुशार ४ जना छोराछोरी छन्, जुन दिनबाट भुकम्प आयो तेहि दिनबाट म कमाएर पाल्ने मान्छेनै अपाङ्ग जस्तै भएपछि दुखका जिन्दगी सुरु भएको छ । यहाँका भुकम्पमा मृत्यु भएका परिवार र गम्भिर घाईते भएका परिवारले सरकारले दिएको अनुदानबाट कतिले घर निर्माण गरिसके भने कतिले निर्माण गरिरहेका छन् । घाईते उनिहरु भन्छन्, सरकारले दिएको तिन लाखले मात्रै घर निर्माण नहँदो रहेछ परिवार गतिला भएकाले त थपेर पनि बनाउछन् हामी जस्ता घाईते भएकाहरुले त तेहि भएको पैसामा दुखसुख गरेर सानो दुईकोठे घर बनाउने हो । पहिरोमा पुरिएर मृत्यु भएका र गम्भिर घाईते भएका यहाँका स्थानियहरुको दैनिकी निकै कष्टकर छ । उनिहरु राज्यले मृत्यु भएका परिवार र घाईते परिवार प्रति सहयोग गर्नु पर्ने बताउँछन् ।

493 total views, 7 views today

प्रतिक्रिया दिनुहाेस्