मन्त्रिको भ्रमणले जिरी यएरपोर्ट पुन सञ्चालनमा आउने आसमा जिरीबासी उत्साहित



चरिकोट,१९ बैसाख । जिरी यएरपोर्ट पुन सञ्चालनमा आउने आसमा जिरीबासीहरु निकै उत्साहित देखिएका छन् । आज जिरीमा पर्यटन मन्त्रि पुगेर जिरी यएरपोर्ट स्थलगत अनुगमन गरेपछि यहाँका जनप्रतिनिधि, बुद्धिजिबि ,राजनितिक दल पत्रकार र स्थायिनहरु निकै उत्साहित बनेका छन् । पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले आज दोलखाको सुन्दर पर्यटकीय नगरी जिरीको भ्रमण गरि पुरानो बन्द अबस्थामा रहेको जिरी यएरपोर्ट पुन सञ्चालनमा ल्याउने पहल गर्ने बताए पछि स्थानियहरु झनै उत्साहित बनेका हुन् । दोलखाको खरिढुङ्गा एक गैरसरकारी संस्थाले निर्माण गरेको विद्यालय भवन उद्घाटनका क्रममा दोलखा आउनुभएका अधिकारीले जिरी एयरर्पोट पुनः संचालनको सम्वन्धमा स्थलगत निरिक्षण गरेका हुन् । हेलिकप्टर मार्फत दोलखा आएका अधिकारी खरिढुङ्गाको कार्यक्रम पछि जिरी यएरपोर्ट आएका थिए ।

जिरी एयरर्पोटको रन वे मैदान नजिकै भएको छोटो अन्तरक्रिया कार्यक्रमका विच मन्त्रि अधिकारीले जिरी एयरर्पोट पुनः संचालनका लागि आवश्यक पहल गर्न आफु तयार रहेको बताएका हुन् । जिरी वास्तवमा नै निकै सुन्दर र उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको बताउदै जिरी नगएमा नेपालको घुमफिर अधुरो रहने टिप्पनी गरेका थिए । विगतमा हवाई विभागको स्वामित्वमा रहेको जिरी एयरर्पोट नापीको बेला कृषि मन्त्रालय अन्तरगत जानु ठुलो भुल भएको बताउदै अव फेरी पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तरगत नै ल्याई आन्तरिक हवाई सेवा संचालनका लागि आफुले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारेका छन् । विशेष गरि काठमाण्डौको हवाई ट्राफिक व्यवस्थालाई सहज बनाउन तथा सगरमाथा, रोल्वालिङ लगायत पुर्वी क्षेत्रको पर्वतिय उडानको लागि जिरी एयरर्पोट उपयूक्र्त रहेको बताए । उनले रामेछापको मन्थलीमा हाल संचालनमा रहेको एयरर्पोटको समेत चर्चा गर्दै उक्त स्थानमा एयरर्पोट संचालन हुनु आवतजावतका लागि ठिक भएतापनि पर्यटकीय दृष्टिकोणले जिरीमा समेत हवाई सेवा संचालन अपरिहार्य रहेको बताए ।
कार्यक्रमा जिरी नगरपालिकाका प्रमुख टंक बहादुर जिरेल ले जिरी एयरर्पोट पुनः संचालनका लागि विगतमा भएको प्रयासबारे जानकारी प्रदान गरेका थिए । उनले २०५२ साल अगाडी सम्म हवाई विभागको स्वामित्वमा रहेको जिरी एयरर्पोट तात्कालिन नापी टोली प्रमुख र पशु विकास हाकिमको गोप्य मिलेमतोमा हवाई विभागको जमिन समेत कृषि ब्लक अन्तरगत नापी गरिएकोले हाल एयरर्पोट संचालनमा समस्या परिरहेको बताएका थिए । २०४४ सालमा जिरी लामोसागु सडक निर्माण पछि बन्द भएको हवाई सेवा २०५३ सालमा तात्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालको पालमा नै ४०० मि रन वे लाई उत्तरतर्फ बढाई ६०० मिटर कायम गरि ३० सेमि ग््रयाभेलिङ समेत गरि पुनः संचालनको लागि विस्तृत आयोजना प्रतिबेदन ९म्एच्० तयार गरि प्रकृया अगाडि बढाईएको भएपनि उक्त फाईल मन्त्रलायबाट हराएको र पुनः २०७२ सालमा आनन्द प्रसाद पोखरेल नागरिक तथा पर्यटन उड्ययन मन्त्रि हुँदा फेरी विस्तृत आयोजना प्रतिबेदन ९म्एच्० सहित तारा एयरलाईन्सको सफल परिक्षण उडान समेत भईसकेकोले एयरपोर्ट संचालनको लागि जग्गाको स्वामित्व बाहेक अन्य कुनै प्राविधिक समस्या नरहेको जानकारी दिए ।
कार्यक्रममा दोलखाका सांसद पार्वत गुरुङले समेत भौगोलिक तथा पर्यटकीय हिसावले जिरी उत्कृष्ट रहेको बताउदै जिरी एयरर्पोट तत्काल संचालन गर्न आफुले सक्दो प्रयास गर्ने बताएका छन् । करिब एक घण्टाको अन्तरकृयामा जिरी स्थित राजनैतिक दलका प्रतिनिधि, विविन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, वुद्धिजिवी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

1,968 total views, 4 views today

प्रतिक्रिया दिनुहाेस्