३ नम्बर प्रदेशको अबस्था सादापाना जस्तो छ,अब सफा चित्र जस्तै देशकै नमुना बन्छ ः मन्त्रि नेपाल



चरिकोट २५ बैसाख । उद्योग, बन, पर्यटन तथा बाताबरण मन्त्रि अरुण नेपालले ३ नम्बर प्रदेशको हालको अबस्था सादा पाना जस्तो रहेकाले यस सरकारले तिन नम्बर प्रदेशलाई सफा चित्र कोरेझैं गरेर देशकै नमुना प्रदेशको रुपमा बिकास गर्ने बताउनु भएको छ ।
दोलखाको सदरमुकाम चरिकोटमा नेपाल पत्रकार महासंघ दोलखा शाखाले भबन निमार्णका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्रि नेपालले अन्य प्रदेशहरुलाई ३ नम्बर प्रदेशको बिकास मोडेल देखेर सिक्न आउने गरि अगाडी बढिरहेका बताउनु भएको छ । नेपालले ३ नम्बर प्रदेशमा राजधानी पनि भएको र थुप्रै सम्भाबना बोकेको स्थान भएकाले यसलाई नमुना प्रदेशको रुपमा बिकास गरेर लैजान प्रदेश सरकार लागिपरिरहेको बताउनु भएको थियो । मन्त्रि नेपालले हिजोका दिनमा देशमा राजनितिक अस्थिरता रहेकाले मुलुकको बिकास नभएको बताउँदै अब राजनितिक स्थायीत्व सुरु भएकाले मुलुकमा भएको श्रोत र साधनहरुको प्रयोग र ब्यबस्थापन गर्दै मुलुकको समृद्धिका लागि अगाडी बढ्ने बताउनु भयो । दोलखामा बिभिन्न कार्यक्रममा सहभागि हुनुभएका मन्त्रि नेपालले भिमेश्वर नगरपालिकाको वडा नम्बर १ सुस्पाक्षमावतिमा रहेको सुस्पाक्षमावति माबिको ७० औं अबिभाबक भेलालाई पनि सम्बोधन गर्नुभएको थियो । अभिभाबक भेलालाई सम्बोधन गर्दै मन्त्रि नेपालले नेपाली धनि बनाउने र नेपाललाई समृद्धिमा लैजान पानिकै उपयोग गरेर भएपनि मुलुकलाई समृद्धिको ढोका तर्फ अगाडी बढाउने बताउनु भएको हो ।
कार्यक्रममा भिमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसीले भिमेश्वर नगरपालिकालाई सबै हिसाबले समपन्न नगरको रुपमा बिकास गरेर लैजाने बताउँदै यस नगरलाई पर्यटकिय गन्तब्यको श्रपमा समेत बिकास गर्ने बताउनु भएको थियो ।

3,807 total views, 4 views today

प्रतिक्रिया दिनुहाेस्