स्थानीय सरकार विरुद्ध आक्रामक बन्दै तरुण दल दोलखा, सोमबार कार्यलय घेराउ गर्ने



चरिकोट ३० बैशाख । स्थानीय तहको निर्वाचन भएर एक वर्ष बितिसक्दापनि जनप्रतिनिधिहरुले उल्लेखनिय काम गर्न नसकेको भन्दै नेपाल तरुण दल दोलखा आक्रामक रुपमा प्रस्तुत हुने देखिएको छ । तरुण दलले सोमबार दोलखाका सबै स्थानीय तह घेराउ गर्दै ज्ञापन पत्र बुझाउने भएको हो ।
नेपाली कांग्रेसको भातृ संगठन तरुणदल दोलखाले संघियता कार्यन्वयन भएर गाउँ गाउँमा सिंहदरबार आउने भनिएपनि सिंह मात्रै गाउँ आएको र दरबार नआएका कारण नागरिकले थप सास्ती ब्यहोर्नुपरेको भन्दै स्थानीय तहका काम कार्बाही विरुद्ध १ घण्टे धर्ना सहितको घेराउ कार्यक्रममा गर्ने जनाएको हो । तरुण दलले आज दोलखा सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलनको आयोजना गरि स्थानीय तहहरुलाई शुसासन कायम गराई भरपर्दो सेवा प्रवाह गराउने उद्येश्यले उक्त कार्यक्रम गर्न लागिएको जनाएको छ ।
तरुण दल दोलखाका उपसचिब समेत रहेका नेता विकास खड्काले स्थानीय तहको काम कार्बाही नागरिक मैत्री नरहेकाले पहिलो चरणमा जनप्रतिनिधिहरुलाई सचेत गराउन १ घण्टे धर्ना सहितको कार्यलय घेराउ र ज्ञापन पत्र बुझाउने प्रतिक्रिया दिए । उनले जिल्लाका ९ वटै स्थानीय तहमा तरुण दल दोलखाका पदाधिकारीहरुको संयोजकत्वमा आवश्यक टोली परिचालन गरिएको बताएका छन् । उनले एक स्थानीय तहमा कम्तिमा २ सय सम्म तरुण युथ परिचालन गरिएको प्रतिक्रिया दिए ।
राष्ट्रिय महतवका आयोजनाहरु लामोसाँघु चरिकोट सडक , मुडे मेलुङ सडक र केही जलविद्युत आयोजनाहरुलाई व्यवस्थापन गर्नुको साटो उल्टै दोहन गरेको एक वर्षसम्म जिल्लाको विकास निर्माण अस्त ब्यस्त भएको , जनप्रतिनिधि आफैं हेबि इक्यिुपमेन्ट प्रयोग गरेर प्राकृतिक स्रोतको दोहनमा लागेको तोकिएको समयअवधिसम्म उल्लेखित विकास बजेट खर्च गर्न नसकेको , ऐन कानुन विपरित ब्यक्तिगत स्वार्थमा स्थानीय तह सञ्चालन गरेको लगाएतका दर्जनौ आरोप तरुण दलले स्थानीय जनप्रतिनिधिहरुलाई लगाएको छ । तरुण दल दोलखाका अध्यक्ष दावासांगे शेर्पाले जनप्रतिनिधिहरुलाई सच्चिनका निम्ति यो पहिलो अभियान भएको बताएका छन् । उनले समृद्ध समाज निर्माणका निमित्त आफुहरुले नागरिकको आवाज बुलन्ध गर्न खोजेको भन्दै सबै सचेत नागरिकहरुलाई यो अभियानमा सघाउन आग्रह गरेका छन् ।
को कसको नेतृत्वमा हुदैछ घेराउ सहितको धर्ना
तरुण दलले स्थानीय तहहरुमा घेराउ सहितको धर्ना र ज्ञापन पत्र बुझाउने कार्यक्रममा जिल्ला कार्यसमितिका पदाधिकारीहरुनै परिचालन गरेको छ । जिल्ला अध्यक्ष शेर्पाका अनुसार भिमेश्वर नगरपालिकामा अध्यक्ष आफैं खटिएका छन् भने नगरभरिका सबै तरुण कार्यकर्ताहरु उनको टोलीमा सहभागी हुनेछन् । त्यस्तै उपाध्यक्ष चित्र कुमार तामाङ तामाकोसी गाउँपालिकामा खटिएका छन् भने अर्का उपाध्यक्ष गणेशविक्रम शाही शैलुङ गाउँपालिकामा खटिएका छन् । उपाध्यक्ष विदुर कार्कीले विगुको नेतृत्व गर्दै छन् , त्यसैगरी उपसचिब विकास खड्कालाई कालिञ्चोक गाउँपालिकामा खटाइएको तरुण दलले जनाएको छ । त्यस्तै सचिब देबेन्द्र अर्यालले जिरी नगरपालिकाको नेर्तत्व गर्ने छन भने अर्का सचिब चित्र व्रसाद दाहाललाई मेलुङ खटाइएको छ भने क्षेत्रीय सभापति ङावा शेर्पा गौरीशंकर गाउँपालिका र नेता प्रेम ढुंगेल बैत्यश्वर गाउँपालिकामा खटिएको जिल्ला अध्यक्ष शेर्पाले जानकारी दिए ।

1,461 total views, 2 views today

प्रतिक्रिया दिनुहाेस्