नेपाली सेनामा खुल्यो सरकारी जागिर खाने अवसर (सूचनासहित)



काठमाडौं, १ जेठ । नेपाली सेनाले विभिन्न पदहरुमा २३११ जनाका लागि भर्ना आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालयले मंगलबार एक सूचना जारी गर्दै प्राविधिक सुवेदार, लेखा जमदार कर्मचारी, अमलदार कर्मचारी, सैन्य, सैन्य ड्राइभर, सैन्य वाद्यवादन तथा फलोवर्स पदमा भर्ना दरखास्त आह्वान गरेको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंगलबारदेखि आगामी जेठ ३० गतेभित्र दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र पनि आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
कुन पदमा कति मागियो सूचना हेर्नुहोस्ः

 

 

578 total views, 2 views today

प्रतिक्रिया दिनुहाेस्