चरिकोटमा रहेको गौरीशंकर बहुमुखि क्यापसमा चित्रकला तथा फोटो प्रदर्शन



चरिकोट,१ जेठ ।सदरमुकाम चरिकोटमा रहेको गौरीशंकर बहुमुखि क्यापसमा चित्रकला तथा फोटो प्रदर्शनी सुरु भएको छ । आज १ गते देखि सुरु भएको चित्रकला तथा फोटो प्रदर्शनी २ गते सम्म चल्ने आयोजकले जनाएको छ । प्रर्दशनीको दोलखाका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले एक कार्यक्रमका बिच उद्य्घाटन गरेका छन् । कार्यक्रममा भिमेश्बर नगरपालिकाका उपमेयर कमला बस्नेत, डिएसपी रामेश्वर कार्की,क्यापस संञ्चालक समितिका अध्यक्ष राजेन्द्र मानन्धरले आफ्नो धारण राखेका थिए । कार्यक्रममा बोल्दै प्रजिअ पाठकले क्यापसहरुमा गरिने रचनात्मक कार्यहरुले बिद्यार्थीको शैक्षिक तथा अन्य क्षेत्रको बिकास हुने बताउँदै रिभरस अफ द वल्र्ड चित्रकला तथा फोटो प्रदर्शनीका कारण बिद्यार्थीलाई हाम्रो समाज भएका नदिनाला तथा खोलाहरु कसरी जोगाउने भन्ने बिषयमा प्रेरणा दिने बताए । रिभरस अफ द वल्र्ड नामक चित्रकला तथा फोटो प्रदर्शनी गौरीशंकर बहुमुखी क्यापस चरिकोटले आयोजना गरेको छ भने यसलाई ब्रिटिस काउन्सीलको आर्थिक सहयोगमा एआरआईयुडिआईडिले संयोजन गरेको छ । चित्रकार तथा एआरआईयुडिआईडीका कैलास कुमार श्रेष्ठले सहजीकरण गरिरहेका छन् । क्यापसमा भिमेश्वर नगरपालिकाका प्रत्येक माध्यमिक तहका ४ जना बिद्यार्थीहरुले चित्रकला कोरिरहेको आयोजकले बताएको छ । नगरपालिकाका निजि र सामुदायिक गरि ११ वटा बिद्यालयको सहभागिता रहेको गौरीशंकर क्यापसका क्यापस प्रमुख शान्त केसीले बताए ।

671 total views, 2 views today

प्रतिक्रिया दिनुहाेस्