के गर्दैछन् ? कालिन्चोक मन्दिरमा दुई दिन देखि पारस शाह



चरिकोट,२ जेठ । पुर्ब युबराज पारस शाह जेठ १ गते देखि दोलखामा छन् । के गरिरहेका छन् शाह दोलखामा । श्रोतका अनुशार आफ्ना सहयोगिसँग दोलखा आएका उनि चरिकोटमा रहेको पानारोमा रिर्साेटमा बस्ने चाँजोपाँजो मिलाए पनि उनि कालिन्चोकको कुरीमा गएर रात बिताएका छन् । शाह सँगै ५ जना आएका उनिहरु चरिकोटमा खाना खाएर कालिन्चोक गएको बताईएको छ । आज उनले कालिन्चोक भगवतिको दर्शन गरि पुन चरिकोट फर्कने बताए पनि आजै कालिन्चोकबाट काठमान्डौ फर्कन लागेको श्रोतले बताईएको छ । लामो समय पछि शाह धार्मीक यात्रामा निस्कीएका हुन् । दोलखामा आएका शाहले कोहि राजाबादीहरुलाई भटेनन् भने दोलखामा केहिले बाहेक कसैले आएको पत्तो समेत पाएनन । सुरक्षा श्रोतका अनुशार शाह आएको बारे केहि जानकारी भएपनि भ्रमणका बारे जानकारी नभएको बताउँछन् ।

2,623 total views, 2 views today

प्रतिक्रिया दिनुहाेस्