जेसिआइ दोलखा कलिन्चोकको प्रि इन्डक्सन कार्यक्रम सम्पन्न



चरिकोट,५ जेठ । जेसिआइ काठमाडौंको मातृत्वमा स्थापना हुने सम्भावित जेसिआइ दोलखा कलिन्चोकको आज एक समारोह बिच प्रि इन्डक्सन कार्यक्रम सम्पन्न भएको छ। सो कर्यक्रम को उत्घाटन दोलखा जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख डबल पान्डे तथा भिमेश्वर नगरपालिकाका मेयर भरत केसि बाट भएको हो।
कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख डबल पान्डे, विशेष अतिथी भि. न. पा का मेयर भरत केसि, नेपाल जेसिजका पुर्ब राष्ट्रिय अध्यक्ष तथा काठमाडौं जेसिजका पुर्बअध्यक्ष जेसिआइ सिनेटर प्रदिप मान बैध्य, अतिथिमा उद्योग बाणिज्य संघ दोलखाक अध्यक्ष सुन्दर कार्की, पत्रकार महासंघका अध्यक्ष जीवन लामा, प्रहरी नायब उपरीक्षक, काठमाडौं जेसिजकि अध्यक्ष जेसिआइ सिनेटर इनु थापा, काठमाडौं जिसिजका पुर्ब अध्यक्ष जेसिआइ सिनेटर रत्न काजी श्रेष्ठ, काठमाडौं जेसिजका तालिम तथा  विकास प्रतिष्ठानका निर्देशक जेसिआइ सिनेटर सुरेन्द्र शाही ठकुरी लगयतको उपस्थिति रहेको थियो।
सन १९८२मा जंग बहादुर श्रेष्ठको अध्यक्षतामा स्थापना भएको दोलखा जेसिज केही बर्ष पछि नविकरण नभएको र सोत खारेज भएको थियो र करिब ३४ बर्ष पछि दोलखा जिल्लाका १८-४० बर्ष बिचका युवाहरुको जमातले पुन: जेसिआइ दोलखा कलिन्चोक स्थापना गर्ने प्रयास गरेकोमा सरहाना व्यक्त गर्दै शाखालाइ चाहिने आवश्यक  सहयोग गर्ने कुरा जि.स.स प्रमुख डबल पाण्डेले व्यक्त गर्नु भयो।
त्यसै गरि भि.न.पा का मेयरले दोलखा कलिन्चोक जेसिजलाइ सफलताको शुभकामना दिदै  आगमी दिनहरुमा सहकर्य गरि समुदायको विकास गर्ने इच्छा व्यक्त गर्नु भयो।
उक्त कार्यक्रममा नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष प्रदिप मान वैद्य तथा जेसिआइ काठमाडौका अध्यक्ष जेसिआइ सिनेटर इनु थापाले शुभकामना मन्तव्य प्रकट गर्नु भएको थियो।जेसि सोबिता गौतमको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा कार्यकारी उपाध्यक्ष जेसि निता राउतले स्वागत मन्तव्य दिनु भएको थियो।
सो कार्यक्रममा जेसिआइ सिनेटर रत्न काजी श्रेष्ठ तथा जेसिआइ सिनेटर सुरेन्द्र शाहिले तालिम प्रदान गर्नु भएको थियो।
संभावित दोलखा कालिन्चोक जेसिजको कर्यसमितीमा अध्यक्ष सोबिता गौतम, कार्यकारी उपाध्यक्ष द्वय निता राउत र भरत कुमार श्रेष्ठ, महासचिव गोकर्ण प्रसाद भण्डारि, कानुनि सल्लाहकार सुब्बा श्रेष्ठ, कोषाध्यक्ष बलराम केसि र उपाध्यक्ष ओमकार काफ्ले,सन्तोस पोखरेल,रिता रिमाल र नवरज अर्याल रहेका छन। साथै कर्यक्रम संयोजक नवराज काफ्ले र प्रेस संयोजक सन्जय केसि रहेका छन।
मतृत्व प्रादन गर्ने जेसिआइ काठमाडौं द्वारा संभावित दोलखा कलिन्चोक जेसिज को सम्बन्धनको लागि आवश्यक कागजात तथा निवेदन जेसिआइ नेपालको सचिवालयमा दर्ता गरिसकेको सिनेटर इनु थापाले जानकारी गराउनु भयो।

1,397 total views, 2 views today

प्रतिक्रिया दिनुहाेस्