दोलखा सामुदायिक हस्पिटलद्धारा दुख ब्यक्त ,एम्बुलेन्समा ल्याएको दाल चामल अनाथ बालबालिकालाई बितरण



चरिकोट,२८ भदौ । दोलखा सामुदायिक हस्पिटल चरिकोटद्धारा आफ्नो अस्पतालको नाम जोडेर गलत प्रचार गरेको भन्दै दुख ब्यक्त  गरेको छ ।
हस्पिटल संचालक समितिका अध्यक्ष अमृत बहादुर बुढाथोकीले आफ्नो अस्पतालको एम्बुलेन्समा बिरामी बोकेर फर्कने क्रममा दोलखाको गौरीशंकर बालगृहका अनाथ बालबालिकाको सहयोगका लागि दाल चामल ल्याउँदा केहि मिडिया र सामाजिक संञ्जालबाट गलत प्रचार गरेको भन्दै दुख ब्यक्त गर्दै गलत हल्लाको पछाडी नलाग्न अनुरोध गरेका छन् । यस हस्पिटलमामा दोलखा जिल्लामा नै अहिले सम्मकै अनुभबि र योग्यता पुगेका डाक्टरहरु समेत रहेका छन् । दोलखा सामुदायिक हस्पिटल प्रालिले दोलखामा सरकारी र अन्य निजि हस्पिटललाई नै चुनौति दिदै गुणस्तरिय सेवा दिन थालृ पछि बिरामीको चाप ह्वातै बढेको छ । साथै हस्पिटल प्रशासनले एम्बुलेन्समा ल्याएको दाल चामल पनि भोलि बिहान बालगृहका बालबालिकालाई बितरण गर्ने कार्यक्रम राखेको छ । खाद्ययन्न बितरण सँगै बालबालिकाको स्वास्थ्य परिक्षण गरिदिने बताएको छ ।यसैगरि हस्पिटलले बिभिन्न बिपन्न समुदाय र सामाजिक क्षेत्रमा समेत सहयोग गर्दै आएको छ ।

1,888 total views, 4 views today

प्रतिक्रिया दिनुहाेस्